२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले बताएका छन्। ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका हुन्।

यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो। उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो। महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो। -सिन्ह्वा

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ १०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP