२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो । तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ ।

यस दिन जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् । यद्यपि, १० अंक माथिले घटेको बजारमा आज ७ अर्ब माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एक करोड ४७ लाख कित्ता माथिको सेयर बजारमा ८७ हजार भन्दा बढी पटक किनबेच हुँदा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ताको बिहीबार ३२ अंक माथिले घटेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको थियो ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ ९

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP