२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

अस्पतालमा कुरुवालाई पास अनिवार्य

चितवन – कोरोना संक्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो।

अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि संक्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो।

अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ। बिनापासका व्यक्तिलाई अस्पतालको अन्तरंग विभागमा प्रवेश गर्न रोक लगाइएको छ।

यस्तै‚ कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट संक्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ। पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्नसमेत आग्रह गरिएको छ।

रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP