२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सहारा मरूभूमिमा हरेक वर्षजसो पर्न थाल्यो हिउँ (तस्बिरहरू)

एजेन्सी – संसारकै सबैभन्दा ठूलो तातो मरूभूमि सहारामा पछिल्लो समय हरेक वर्षजसो हिउँ पर्न थालेको छ।

बिबिसीका अनुसार केही दिनअघि पनि सहारामा हिउँ परेको छ। पश्चिम अफ्रिकामा पर्ने ९२ लाख स्क्वायर किलोमिटर क्षेत्रफल भएको मरूभूमिको केही भागमा हिउँ परेको हो। मरूभूमिको बालुवामा हिउँ पर्दा आकर्षक प्याट्रन बनेको देखिन्छ।

सहारामा सन् १९७९ पछि सन् २०१६ मा पहिलो पटक हिउँ परेको थियो। त्यतिबेला मानिसहरू सहारा मरूभूमिमा हिउँ परेको देखेर चकित भएका थिए।त्यसपछि भने हरेक वर्षजसो यो क्रम दोहोरिने गरेको छ। यसअघि २०१७, २०१८, २०२१ को हिउँदमा पनि सहारामा हिउँ परेको थियो।

हेर्नुस् तस्बिरहरू:

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP