२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सुदुरश्चिममा पछील्लो २४ घण्टामा ५६५ जनामा संक्रमण पुष्टी

डोटी- सुदुरश्चिम प्रदेशमा पछील्लो २४ घण्टामा ५६५ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।  स्वास्थ्य निर्देशनालय डोटीका अनुसार २ हजार २५० जनाको परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो। ३ सय ७१ जना एन्टिजेन र १ सय ९४ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि भएकामध्ये १६८ जना व्यक्ति शुक्रबार नै भारतबाट फर्किएका हुन ।त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ८७, गड्डाचौकी नाकाबाट आएका ७४, जुलाघाटबाट आएका ५ र पुलघाटबाट फर्केका दुईजनामा संक्रमण पुष्टि भएको छ। योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार तीन सय नाघेको छ। आज सुदूरपश्चिमका नाका भएर १ हजार ५५४ जना स्वदेश फर्केका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP