२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

देउवाले भने : एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व हो

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेको बताएका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीन वटै तहको निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे ।

सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अर्ली इलेक्सनको प्रस्तावबारे देउवाले केही बोलेनन्। उनले संसदमा देखिएको अवरोध समाधानका लागि दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए।

‘संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयहरु अघि बढाइनेछ’ उनले भने।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP