२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

शिखर नगरपालीका -१० का महिलाहरुलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण

डोटी – शिखर नगरपालिका – १० बानेडुग्रीसैनका ३ सय १४ जना महिलालाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको छ।

मानवीय सेवामा अनेकौं प्रयास ( साइन नेपाल) काे सहयोग तथा शिखर नगरपालिकाको समन्वयमा उक्त सामग्रीहरू वितरण गरिएको हो ।

शिखर नगरपालिकाका उप – प्रमुख धौलीदेवी रावलले बनलेक स्वास्थ्य चौकीमा पुगेर सामग्री हस्तान्तरण गरेकी हुन्।

स्वास्थ्य सामग्रीमा सावुन, सल, कोलगेट, सेनेटरी प्याड, पेन्टी, निलकटर रहेको स्वास्थ चौकी प्रमुख मेनुका शाहीले बताइन् ।

सामग्री वितरण गर्दै उप- प्रमुख रावलले ग्रामीण महिलाहरुलाई लक्षित गरेर सामग्री वितरण गरिएको बताइन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP