
काठमाडौं – नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । कूल २३ हजार ४०९ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।
नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो। मंगलबार पनि उच्च संख्यामा संक्रमित देखिएका थिए। मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ६१३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।२४ घण्टामा ६१३ जना निको भएका छन् ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...