२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कञ्चनपुर लिग फुटबल : आज समुह ‘ए’ अन्तर्गतका तीन खेल हुने

कञ्चनपुर – अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तीन खेल हुँदैछन्।

आज मंगलबार समूह ‘ए’ को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुनेछन्। महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुनेछन्। जसमा पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लबबीच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकालीबीच दिउँसो १ बजे हुनेछन्।

त्यस्तै, तेस्रो खेल डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वासबीच दिउँसो ३ बजे अंक तालिकाको शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्रसिंह थलालले बताए। जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरुको सहभागिता रहेको छ। जसमा दुई समूहमा विभाजन गरि लिग सञ्चालनमा रहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP