२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

पछील्लो २४ घण्टामा विश्वभरी १९ लाख बढी संक्रमित थपीए,५ हजारको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। जसमध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार रहेका छन्।

यस्तै, भारतमा २ लाख २२ हजार, ब्राजिलमा ७६ हजार, बेलायतमा ८४ हजार, फ्रान्समा १ लाख २ हजार, स्पेनमा १ लाख १० हजार र अर्जेन्टिनामा १ लाख २ हजार संक्रमित भएका हुन्।

सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, भारतमा ३२, ब्राजिलमा १६२, फ्रान्समा २९६, रुसमा ६७०, टर्कीमा १६२, इटलीमा २८७, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४ जना रहेका छन्।

योसँगै अहिलेसम्म ५५ लाख ६३ हजारको कोरोनाबाट मृत्यु भइसकेको छ। यस्तै‚ ३३ करोड १० लाख ८१ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन्। जसमध्ये २६ करोड ८९ लाख ३९ हजार संक्रमणमुक्त भएका छन्। विश्वभर ५ करोड ६५ लाख ७८ हजार सक्रिय संक्रमित रहँदा ९६ हजार जनाको अवस्था गम्भीर छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP