२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिममा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

डोटी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

निर्देशनालयका अनुसार १ हजार ६ सय ८ जनाको एन्टिजेन विधीबाट परिक्षण गर्दा १९१ जना र १२७ जनाको पीसीआर विधीबाट परिक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका १६८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ६१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०४, झुलाघाट नाकाबाट फर्केका १ जना  र पुलघाट नाका दार्चुलामा २ जनामा संक्रमण पुष्टि भएको हो। आज सुदुरपश्चिमका चार नाका भएर १ हजार ४ सय ८३ जना स्वदेश फर्किएका छन् । 

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७८ पुष २८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP