२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

ओमिक्रोनले तेस्रो लहरको जोखिम बढ्यो

नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।

कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो। १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत)मा एसजिन नेगेटिभ आएको थियो। मिश्राले संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन्।

यसअघि पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। सीमावर्ती भारतका सहरबाट गरिएको स्वाब संकलनमा कोरोना भाइरस पुष्टि हुने क्रम बढ्दो छ। मन्त्रालयका अनुसार, शुक्रबार आरटी पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड—१९ फोकल पर्सन निरज बमका अनुसार, ओमिक्रोन भेरियन्टको संक्रमणको जटिलताले धेरै प्रभाव पर्छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना छन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP