
डोटी – नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशन आज शुक्रबार उद्घाटन हुँदैछ । राजपुरमा आयोजना हुने अधिवेशनको तयारी करिब पूरा भैसकेको नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए । अधिवेशनमा मूल आयोजक कमिटिका १४८ जना तथा वडा–वडाबाट छनौट गरिएका ३८६ जना र मनोनित २७ जना गरी ४१३ जना प्रतिनिधीहरु सहभागि हुँदैछन् । अधिवेशनको उद्घाटन शत्र राजपुरमा खुल्ला चौरमा आयोजना गर्ने र बन्द शत्र सेती सभाहलमा आयोजना हुने जनाईएको छ ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...