२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

जम्मू-कश्मीरकाे एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाकाे ज्यान गयाे

काठमाण्डाै – भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् ।

नयाँ वर्षकाे दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  एउटा विवादका कारण मानिसहरुले एकले अर्कालाई धक्का दिन थालेपछि भाडदौड भएको थियो । ज्यान गुमाउनेमा  दिल्ली, हरियाणा, पञ्जाब र  जम्मू–कश्मीरका मानिस रहेका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् प्रतिमृतक दुई/दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । 

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७८ पुष १७

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP