२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

कैलालीमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलाली – कैलालीको गोदावरी नगरपालिका – ९ बल्मीमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा लम्किचुहा नगरपालिका – ५ तिलकपुरका ४२ वर्षीय मोटरसाइकल चालक सुरेश बुढाको मृत्यु भएको हो ।

बल्मीमा स्थानीय लक्ष्मण कुमार रावतले सडक किनारामा रोकेर राखेको सु.प.प्र. ०–००२ त ६०७९ नम्बरको ट्याक्टरमा मङ्गलवार बिहान बुढाले चलाएको सु.प.प्र.०१–००८ प ७१२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटना पछि घाइते भएको बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष १३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP