
डोटी- उदार स्वयंसेवक आवद्ध संस्था (सोल्भ नेपाल ) ले देशभरका ५० जना उत्कृष्ट युवा किसानलाई सम्मान गरेको छ ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपलाको प्रमुख आतिथ्यता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको आतिथ्यतामा एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशबाट कैलाली र कञ्चनपुरका एक÷एक जना गरि २ जना युवालाई सम्मान गरिएको छ । कैलालीबाट माछा पालन व्यवसाय तर्फ धनगढी उप–महानगरपालिका–५ का युवा कृषक हेमराज जोशी सम्मानित भएका हुन् । उनले धनगढी उप–महानगरपालिका–७ पटेलामा माछाका भुरा उत्पादन गर्दै आएका छन् ।
भारतबाट एमविए, विएचएम गरेका जोशी धनगढी पोलीटेक्निकलका प्रशिक्षक हुन् । कार्यक्रममा उनलाई दोसल्ला ओढाएर १० हजार नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।
दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...