२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

बाजुरामा खाद्यान्न अभाव

बाजुरा– सडक बन्द भएपछि बाजुरामा खाद्यान्न अभाव भएकोछ । ३ महिना देखी सडक सुचारु नहुँदा खाद्यान्न ढुवानी हुन नसकेको र मौजुदा खाद्यान्न समेत सकिएपछि जिल्लामा खाद्यान्न अभाव भएकोहो । मौज्दात चामल सकिएपछि बाजुराको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी भदौ २८ गते देखी बन्द गरिएकोछ । सडक सुचारु नहुँदा सम्म खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी बन्द रहने जनाइएकोछ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकका अनुसार शाखामा हाल प्राकृतिक विपद्का लागि ६० क्विन्टल मात्र चामल मौज्दात गरिएकोछ । ‘६० क्वीन्टल चामल प्राकृतिक प्रकोपका लागि छुट्याइएकोछ,’ उनले भने,‘सो चामल बेच्न पाइदैन, सडक सुचारु नभए सम्म खाद्यान्न ढुवानी गर्ने वातावरण पनि छैन ।’ मौज्दात चामल सकिँदा बाजुराका आम सर्वसाधारणलाई समस्या भएको उनले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा पनि प्राकृतिक विपद् र जिल्ला कारागारमा रहेका कैदीलाई खान खुवाउन छुट्याइएको ७० क्विन्टल चामल मात्र रहेको जनाइएकोछ ।

यो आर्थिक वर्षको लगभग ५÷६ दिनभित्र ढुवानी सेक्टरको स्वीकृत हुने र त्यसपछि सके छिट्टै चामल ढुवानी गर्ने पहल गरिने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकले बताएका छन् । गोदाममा रहेको मौज्दात चामल सकिएपनि गहुँ विक्रि यथावतै रहेको उनले बताए ।

गहुँ १ सय ५० क्विन्टल मौज्दात रहेकाले गहुँ विक्रि वितरण यथावत रहेको निमित्त कार्यालय प्रमुख विकले बताए । उनले साँफे मार्तडी–सडक खण्डको अम्कोट लगायतका थुप्प्रै स्थानमा पहिरो गएको र मानिसहरुलाई हिड्ने बाटो समेत नभएकाले सडक नखुलुन्जेल अहिले चामल ढुवानी गर्न सम्भव नभएको बताए ।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७८ भाद्र ३०

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP