२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

संसद बैठक असोज ४ गतेसम्म स्थगित : ‘सरकारको खर्च रोकिन सक्छ’

काठमाडौं । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए ।

‘कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५/७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ’ उनले भने ।

तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ भाद्र २९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP