२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

दशैंतिहार: असोज १ देखि सहुलियत पसल सञ्चालन हुने : ग्यास,पेट्रोलियम पदार्थ र खाद्यान्नमा छुट

काठमाडौं  : सरकारले दशैंतिहार लक्षित सहुलियत पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार बैठक बसी पसल सञ्चालनको निर्णय गरेको जनाएको छ। 

दशै, तिहार र छठ लक्षित गरी सञ्चालन गरिने सहुलियत पसल देशका ३९ ठाउँमा सञ्चालन गरिने छ। जसमा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रतिकेजी सिमी फापरमा १० रुपैयाँ छुटमा बिक्री गरिने छ। 

त्यस्तै देशका विभिन्न ठाउँमा प्रतिकेजी नूनमा २ रूपैयाँ, प्रतिकेजी चिनीमा ५ रूपैयाँ, खसीबोकामा प्रतिकेजी १० रूपैयाँका साथै दुग्ध विकास संस्थानका उत्पादन दूध, पनिर लगायतमा पनि तोकिए बमोजिम छुट दिइने छ। 

त्यस्तै खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थमा थप सहुलियत दिन नेपाल आयल निगमलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ भाद्र २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP