२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बेलायती राजकुमार प्रिन्सलाई कोरोना संक्रमण

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोभिड–१९ को परीक्षणका क्रममा उनमा पोजिटिभ देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएपछि उनी अब स्कटल्यान्डमा एकान्तवास (आइसोलेसन) मा रहेको खबर छ ।

यस सम्बन्धि जानकारी दिँदै क्लारेन्स हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स अफ वेल्सको कोरोनाभाइरस परीक्षण सकारात्मक देखिएको छ । उनमा हल्का लक्षणहरू पाइएको तर अरु स्वास्थ्य भने राम्रो रहेको छ । र पछिल्ला केही दिन घरबाटै सधै जस्तै काम गरिरहेका छन् ।’

यसैगरी डचेस अफ कोर्नवालले पनि परीक्षण गराएकोमा उनमा भने नेगेटिभ देखिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘डचेस अफ कार्नवालको पनि परीक्षण गरिएको छ तर उनमा भाइरस पाइएको छैन । सरकार र चिकित्सकीय सल्लाहमा राजकुमार र डचेस अहिले स्कटल्याण्डको आफ्नै घरमा एकान्तवासमा छन् ।’ परीक्षण एबरडीनशायरमा परीक्षण गरिसकेका थिए। तिनीहरूले परीक्षणको लागि आवश्यक मापदण्ड पूरा गरे।

हालै हप्ताहरुमा गरिएका धेरै सार्वजनिक कार्यक्रमका कारण उनमा भाइरस कसरी सर्यो भन्न नसकिने पनि भनिएको छ ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७६ चैत्र १२

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP