२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

अब सशस्त्र प्रहरी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने

नेपालमा अहिलेसम्म तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई जना टेकु अस्पतालमा उपचाररत छन् ।

तीमध्ये १९ बर्षकी किशोरीको स्वास्थ्य अवस्था सुधारहँुदै गएको छ भने कोरोना संक्रमण देखिएर बुधबार अस्पताल भर्ना भएका ३२ बर्षिय युवकको भने स्वास्थ्य अवस्थामा समस्या देखिएको टेकु अस्पतालले जनाएको छ ।

यही चैत्र ६ गते यूएईबाट नेपाल आएका ३२ बर्षका युवकको स्वास्थ्य अवस्था नेपाल आउँदासम्म ठिक थियो । नेपाल आएपछि उनी धादिङ घर नगइ काठमाडौंकै एक होटलमा बसे ।

चार दिनसम्म होटलमा बसेका उनलाई चैत्र १० गते ज्वरो र खोकी लाग्न थाल्यो । उनी १० गते टेकु अस्पताल गए । त्यहाँ उनको स्वास्थ्य परीक्षण भयो ।

१० गते उनी अस्पतालकै आइसोलेसन वार्डमा बसे । ११ गते अर्थात वुधवार उनको रिपोर्टमा कोरोना भाइरस देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले होटलमा रहेका, उनको सम्पर्कमा रहेका र हवाइ जहाजमा आउनेहरुको खोजी गर्ने बताए ।

उनले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन विराटनगर र नेपालजंगवाट प्रत्येक दिन संकलन गरिएको नमुना लिन जहाज पठाउने, यस्तै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत परीक्षण गराउन सकिने गरी तयारी थालिएको जानकारी दिए ।

मन्त्री ढकालले कोरोनाको परीक्षण टेकु अस्पतालमा मात्र गर्ने तर परीक्षणको नतिजा पोजेटिभ आए पाटन अस्पतालमा मात्र उपचार हुने बताए ।

उनले चीनबाट तीन दिनभित्र आवश्यक चिकित्सकीय सामाग्री ल्याउने ल्याउने, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइने लगाएका निर्णय भएको जानकारी दिए ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष लगाएतका व्यक्तिहरु रहेको एउटावाहेक सबै समितिहरु खारेज गरेको बताए ।

कोरोनाको बारेमा प्रत्येक दिन स्वास्थ्य मन्त्रीले नै ब्रिफिङ गर्ने तयारी गरिएको छ । 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र १२

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP