२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

मोहन्याल गाउँपालिकामा २० शय्याको आइसोलेसन स्थापना

कैलाली – मोहन्याल गाउँपालिकाले चिकित्सक सहितको आइसोलेसन स्थापना गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालयमा २० शय्याको आइसोलेसन निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नं. ३ स्थित सरश्वती माध्यमिक विद्यालय फल्ले बिसौनीमा चिकित्सक सहितको आइसोलेसन स्थापना गरिएको हो । गाउँपालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि सहज होस् भन्ने उद्येश्यका साथ आइसोलेसन स्थापना गरिएको उपाध्यक्ष पुजा देवी बुढाले बताइन् ।

आइसोलेसको मंगलबार एक कार्यक्रमका बीच उपाध्यक्ष बुढाले उद्घाटन गरेकि हुन् । आइसोलेसन स्थापनाका लागि २३ थान अक्सिजन सिलिण्डर, ,२ थान अक्सिजन कन्सन्ट्रेटर, आवस्यक औषधी र वेडको व्यवस्था गरिएको सामाजिक बिकास संयोजक देवीदत्त उपाध्यायले बताए । आइसोलेसनमा चिकित्सकको समेत व्यवस्था गरिएको छ भने कुरुवा र बिरामीका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

गाउँपालिकाले ४० लाख लागतमा चिकित्सक सहितको आइसोलेसनको स्थापना गरेको हो । हाललाई २० वेडबाट सुरु गरिएको उक्त आइसोलेसनमा बिरामी अनुसार वेड थप गरिने गाउँपालिकाले जनाएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ जेष्ठ ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP