२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालन (भिडियो सहित)

केआईसिंह सरकारले भन्यो,‘घोषणा पत्र अनुसार काम भैरहेको छ ।’

डोटी- केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालनमा आएको छ । शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो ।

आइतबार यात्रु बस गाउँपालिको केन्द्र वायलमा पु¥याएर एक कार्यक्रमका बीच सेवा सञ्चालनमा ल्याएको हो । दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्र सम्म नियमित बस सञ्चालन हुने छ । गाउँपालिकाको वडा नं. ४ वायल बाट हरेक दिन बिहान ९ः ३० बजे धनगढी सम्मका लागि बस छुट्ने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासिले जानकारी दिए । १० किलोमिटर सडक कालोपत्रे भैसकेको छ भने १२ किलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको छ ।

दैनिक महंगो भाडामा दिपायल सम्म जिपमा यात्रा गर्ने यात्रुहरुले वायलबाट बसमा सिधै धनगढी सम्म यात्रा गर्न पाउँने भएका छन् । गाउँपालिकामा बस पुग्दा स्थानीयहरुले ठाउँठाउँमा बाजागाजा सहित फुलमाला अबिरले स्वागत गरेका थिए । गाउँपालिकामा पहलिो पटक बस पुगेकोमा स्थानीयहरु हर्षित भएकाछन् । उनिहरुले कालोपत्रे हुन बाँकी १२ किलोमिटर सडक चाँडै कालोपत्रे हुनसके ढुक्कका साथ यात्रा गर्न पाउनेमा आशा ब्यक्त गरेकाछन् ।

कार्यक्रममा बोल्दै शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले गाउँपालिकाका अध्यक्षको समन्वयमा नियमित बस सेवा सञ्चालन गरिएको बताए । प्रालिले नाफा मात्रै नहेरेर यात्रुको सेवालाई समेत मध्यनजर गर्दै बस सेवा सञ्चालनमा ल्याएकाले स्थानीयले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । मलासिले आधि सडक कच्चि भए पनि डबल कटिङ भएका कारण बस नियमित सञ्चालन गर्न सकिने बताए ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्ड्येले आफुहरुले सुदूरपश्चिम लगायत देशैभरीका गाउँगाउँबाट यात्रुहरुलाई सेवा दिदै आएको बताउँदै केआईसिंह गाउँपालिकाबाट पनि नियमित बस सेवा सञ्चालन गरिने बताए । उनले यात्रुहरुको विश्वास सद्रभाव र गाउँपालिकाको अठोटका कारण बस सेवा सञ्चानमा आएको बताए । उपाध्यक्ष पाण्ड्येले बस सञ्चालनमा आएसँगै सडकको स्तरोन्नतीमा पनि सम्बन्धित निकाएको ध्यान जाने र गाउँपालिकाले पनि सडक स्तरोउन्नती गर्ने विश्वास ब्यक्त गरे ।

घोषणा पत्र अनुसार काम भैरहेको छ

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफुहरुले जारी गरेको चुनावी घोषणा पत्र अनुसार काम गरिरहेको बताए । गाउँपालिकालाई सडक सञ्जालनसँग जोड्ने र नियमित बस सञ्चालन गर्ने कुरा घोषण पत्रमा उल्लेख गरिएको र त्यसै अनुरुप आज बस सेवा सञ्चालनमा ल्याएको बताए ।

शाहीले आफ्नो घोषणापत्र अनुरुप गाउँपालिकामा विकास निर्माणका कार्यहरु भैरहेकोले जनताले र प्रतिपक्षिले केआईसिंह सरकारका गतिबिधिको अनुगमन र मुल्याङ्कन गर्न आग्रह गरे । उनले आफुहरु जनताका सेवक भएकाले आफ्नो कार्यकाल जनताको हित, गाउँपालिको विकास र सेवा स्वच्छ सेवाभावले गरेको दावी गरे । उनले भने,‘हामी लोकसेवा पास गरेर आएका ब्यक्ति होइनौ, हामी जनताले बनाएका जनप्रतिनिधि हौं । हामीले पाउने सेवा सुविधा जनताका लागि खर्च गर्नुपर्छ भन्ने मान्यताका साथ हिंडेका छौं । हामीले जनता र राज्य स्रोतको दोहन गरेका छैनौ ।’ राजपुर हुँदै बोगटानसम्म जोडीएको सडक कांग्रेसका पालामा कांग्रेसले नै गरेको र कालोपत्रेका लागि पनि कांग्रेस सत्तामा हुँदा योजना बनेको बताउँदै उनले मैले गरेको हुँ, हामीले गरेका हौं भनेर झुटा बोल्नका पछि नलाग्न आग्रह गरे ।

अध्यक्ष शाहीले आफु मोटर साइकलनमा हिडेर जनतालाई सहज रुपमा यातायात सेवा दिन लागेको बताए । उनी सरकारी गाडी नचढ्ने एक मात्र गाउँपालिकाका अध्यक्ष हुन् । उनले सरकारी मोटरसाइकलको मात्र प्रयोग गर्दै आएका छन् ।

गाउँपालिकाका अपाध्यक्ष मिना विष्टले आफुहरुले घोषणा गरेका धेरैजसो कामहरु गरिसहेको दावी गर्दै बाँकी अधुरा कामहरु आफ्नै कार्यकालमा सक्ने बताइन् । ‘जनतालाई प्रतिबद्धता गरेका अधिंकास कामहरु पुरा गरेकाछौं,उनले भनिन्,‘केही कामहरु गर्न बाँकी होलान् ति हाम्रै कार्यकालमा समापन गरिने छ, त्यो कुरा हामीले भन्नुभन्दा पनि जनताले मुल्याङ्कन गर्नसक्नु हुन्छ ।’

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७७ फाल्गुन २

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP