२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

जिप्रका धनुषाले छाड्यो २२ जना थुनुवा

जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिका मुद्दाबाहेकका थुनुवालाई रिहा गरेको छ। विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिन न्यूनीकरणका लागि भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई रिहा गरेको हो।

यसअघि संघीय संसद प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका थुनुवाहरुलाई हिरासतमुक्त गरेको हो।

आइतबार र सोमबार गरी २२ जना थुनुवा साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न थुनुवाको संख्या घटाउन लागिएको उनले बताए।

उनले भने, ‘सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै सामान्य प्रकृतिको अपराधिक घटनामा संलग्न भएर प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी थालेपछि हामीले सामान्य प्रकृतिका थुनुवाहरुलाई रिहा गरेका हौं।’ कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको उनले बताए ।

डीएसपी कार्कीले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषधलगायतका सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका थुनुवाहरु छाडिएको बताएका छन् ।

उनीहरुलाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानुनबमोजिम हिरासतमुक्त गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय धनुषामा अहिले विभिन्न प्रकृतिका मुद्दाका ६० जना थुनुवा रहेका छन्।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७६ चैत्र १०

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP