२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत

डोटी- जिल्ला प्रहरी कार्यांलय डोटीमा कार्यरत प्रहरी निरीक्षक सहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका किशोर फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको हो ।

अभियुक्त मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिंह र दिनेश सुनारलाई पुरस्कृत गरिएको डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए । उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियुक्त भागेपनि प्रहरीको सक्रियताले पुनः पक्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए ।

राजेन्द्रले बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेका थिए । उनको गत ७ असोजमा हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी उनको शव स्थानीय शिव मन्दिरभित्र फेला परेको थियो ।

हत्यापछि घटनामा संग्लनको तीव्र खोजि गरिएकोमा प्रहरीले बोहरालाई १३ असोजमा सार्वजनिक गरेको थियो ।त्यसअघि मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराएका थिए ।

कोरोना पुष्टि भएपछि डोटी अस्पतालको आइसोलेसनमा रहेका उनी गएराति १२ बजे भागेका थिए । फरारपछि खोजी तीव्र पारिएकोमा उनलाई आज बिहान ७ बजे सानागाउाबाट पक्राउ गरिएको थियो ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १९

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १९

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १९

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP