कैलाली – कैलालीमा बम बिस्पोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकामा ४ फुलबस्तीमा बम बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको हो ।
जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर भएको बिस्फोटमा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ गएको छ । घटनाको थप बिबरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...