२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कैलालीमा बम बिस्पोट : एक जनाको मृत्यु

कैलाली – कैलालीमा बम बिस्पोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकामा ४ फुलबस्तीमा बम बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको हो ।

जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर भएको बिस्फोटमा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ गएको छ । घटनाको थप बिबरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र ९

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP