डोटी– दिपायल सिलगढी नगरपालिका– ४ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ६२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडाका ७५ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई माला टिका सहित कम्मल बितरण गरेर सम्मान गरेको हो । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउँदा इतिहाँस भएकाले उनिहरुको मनोवल उच्चराख्न सम्मान गरेको वडाध्यक्ष बिरेन्द्र शाहले बताए । उनले जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउँने भत्ता लगायत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउँने अधिकारका लागि वडा सधै लागिपरिरहेको बताए ।
वडा कार्यालयले प्रतेक बर्ष जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गर्दै आइरहेको छ ।
जेष्ठ नागरिकले पाउँने भत्ता तथा सेवा सुबिधा घरमै पु¥याउँने ब्यवस्था गरेको अध्यक्ष शाहले बताए ।
जेष्ट नागरिकहरुले वडा कार्यालयले आफुहरुलाई हरेक बर्ष सम्मान गर्ने र सेवा सुविधाहरु घरमै पुगाउँने गरेकाले खुसी ब्यक्ति गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...