डोटी : डोटीको कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ९ को कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो ।
शानिबार एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले चौकीको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, डोटी जिल्ला प्रहरी प्रमुख र स्थानिय जनप्रतिनिधिको सहभागीता रहेको थियो ।
प्रहरी चौकी स्थापना भएपछि जिउ धनको सुरक्षा हुने भन्दै स्थानियहरु खुसी भएका छन ।
प्रहरी चौकीको स्थापनाका लागि स्थानियहरुले अनुरोध गरेका र लामो समयको प्रयास पछि चौकी स्थापना गर्न सफल भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मालासीले बताईन् ।
हाल चौकीमा ७ जना प्रहरी रहने र आफ्नो भवन बनिसकेपछि १० जना प्रहरीको दरबन्दी रहने जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...