२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार खड्का जनसेवा श्रीबाट सम्मानित

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्काले जनसेवा श्री (पञ्चम) पुरस्कार पाएका छन । राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने ब्यक्तीलाई सरकारले संबिधान दिवसको अबसर पारेर जनसेवा श्री पुरस्कार प्रदान गर्र्र्दै आएको छ ।

३१ बर्ष देखी जिल्ला प्रशासन कार्यालय डोटीमा निरन्तर कार्यरत खड्कालाई सरकारले यस बर्ष जनसेवा श्री प्रदान गरेको हो । दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला निवासी खड्का स्वच्छ छवीको कर्मचारीको रुपमा चिनिन्छन् ।

३ दशक भन्दा लामो समय प्रशासनमा बसेका खड्का जिल्ला प्रशासन कार्यालयमा सबै भन्दा जानकार ब्यक्तीका रुपमा परिचित छन । सबै जानकार भएकै कारण उनलाई कान्छो सिडिओ पनि भन्ने गरिन्छ ।

२०४३ सालमा सेवा प्रबेश गरेका खड्का निरन्तर एउटै कार्यालय एउटै फाँटमा काम गर्दै आएका छन । आज राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना ब्यक्तीहरुलाई विभूषण प्रदान गर्नु भएको छ ।

Related News

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो :  बलायर
पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर
  • २०७७ आश्विन ३

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।...

पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
  • २०७७ आश्विन ३

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्। पुल...

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
  • २०७७ आश्विन ३

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा...

TOP