२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

बिद्युत सट भएर दिपायलको एक पसलमा आगलागी

एकेन्द्र चन्द, डोटी- दिपायल सिलगढी नगरपालिका– ४ पिपल्ला बजारमा रहेको एक पसलमा आगलागी भएको छ ।

बिद्युतको तार सट भएर न्यू चाँद एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले जानकारी दिए ।

आगलागीबाट गोदाममा रहेका शिरक डसना, शिरक बनाउने कपडा दराज, कुलर, कपास लगायतका कपडाजन्य सामग्री जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट दुई लाख ९७ हजारको क्षती भएको छ ।

गोदाममा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ भाद्र २८

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP