२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

विपि जन्म जयन्तीको अवसरमा स्वास्थ सामग्री वितरण

डोटी- महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ र तरुण दलले मास्क , साबुन वितरण गरेको छ ।

कोरोना महामारीको जोखिमका कारण औपचारीक कार्यक्रम गर्न नसकिने भएकाले बोगटान फुड्सिल गाउँ पालिका -६ मा रहेका सबै घरपरिवारलाई मास्क, साबुन वितरण कार्यक्रम शुरु गरेको नेपाली काङ्ग्रेस वडा सभापति हर्क ताम्राकारले बताए । उनले भने, यसले थोरै भएपनि राहत पुग्ने छ । ‘कोरोनाको सबैतिर जोखिम रहेको बेला गाउँमा स्वास्थ सामग्री अभावका बेला थोरै सहयोग पुग्ने बताए । बुधबार साबिकका वडा नम्बर ५,६,७,८ र ९ मा दुई समुहमा बिभाजन गरि घर घरमा गएर मास्क साबुन वितरण गर्नु साथै कोरोना सम्बन्धि सन्देश मुलुक जानकारी दिएको नेपाली काङ्ग्रेस वाेकटान फुड्सिल गाउँ पालिका वडा -६का तरुण दलका अध्यक्ष महेश चन्दले जानकारी दिए। बिहीबार साबिकका १,२,३ र ४ मा मास्क साबुन वितरण गर्ने काम गर्ने विद्यार्थी नेता प्रेम बहादुर चन्द बताए ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा के.आई. गाउँ पालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही ,नेपाली काङ्ग्रेसकि नेतृ बिस्ना बम र डोटी काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष शुभम बोगटीको सहयोगमा वडाका तीन हजार घरधुरीलाइ मास्क,साबुन वितरण गरिएको भुपेन्द्र बमले जानकारी दिए। वितरण कार्यक्रममा विद्यार्थी नेता प्रेम चन्द ,कृष्ण चन्द , धनुष बोगटी , भरत बोगटी लगायत उपस्थिति रहेको जनाएको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ भाद्र २५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP