भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ । अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुष धनगढीको मोहन पुलमा बेहोस भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ११ बजे मोहन पुलमा बेहोस भएका व्यक्तिको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ । छोरासँगै भारतको राजिस्थनबाट आएका उनीमा क्षयरोग रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अछाम बान्नीगढी जयगढ ४ लिडि घर भएका ५२ वर्षीय पुरुषको मृत्युको कारण भने अझै खुल्न नसकेको बताएको छ ।
कोरोना परीक्षणको लागि स्वाब संकलन भइसकेको सेती प्रादेशिक अस्पताल अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...