२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

अवैध सालको गोलिया सहित ५ जना पक्राउ

इन्दु केसी

सुखड- कैलालीको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलिया सहित ५ जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ को छुट्टा छुट्टै स्थानबाट बनको टोलीदे ७७.१५ क्युफिट काठ बरामद गरेको छ ।

घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ सरैया स्थित वीर बहादुर मल्ल (बिरेन्द्र )को घरमा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा टोली त्यहा पुगेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताएका छन् ।

सबडिभिजन वन कार्यालय सुखडवाट गएको टोलिले चिरान गरिहेको ५.७८ क्यु फिट सालको ९ थान कडि सहित जालुराम चौधरी, भिट्टु डगौरा, असोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरी लाइ पक्राउ गरेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिएका छन । काठ चिरानका मुख्य नाइके भनिने वीर बहादुर मल्ल बिरेन्द्र भने फरार रहेका छन् ।

त्यसैगरि टोलिले वडा न ५ बाटै ५ थान ७१.३७ क्यु फिट का गोलिया समेत बरामत गरेको छ ।

लकडाउनका कारण अदालतबाट म्याद थप नहुने हुदा पक्राउ परेकाहरलाइ जिम्मा जमानीमा छोडिएकाले खुलेपछि अदालतमा पेश गरिने कार्यालय प्रमुख थापाले जानकारी दिए ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७७ भाद्र १३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP