२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

तरुणदल नगर सभापति कठायतद्धारा जन्मदिनको अवसरमा अक्षयकोषमा आर्थिक सहयोग

डोटी- नेपाली काँग्रेसको भातृ संगठन तरुणदलका नगर सभापती लाल कठायत (हेमन्त)ले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोषका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । उनले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा पाँच हजार रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

तरुणदल दिपायल सिलगढी नगरपालिकाका नगर सभापति तथा उद्योग बाणिज्य संघ डोटीका सदस्य कठायतले जन्मदिनमा हुने खर्च कटौती गरेर स्व. पत्रकार खड्कालाई सधै अमर राख्ने युनियनको अभियानलाई सफल बनाउँन अक्षय कोषका लागि सहयोग गरेको बताए ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

युनियनले उनै स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । महराले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने कठायतलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । अक्षयकोषमा बिभिन्न व्यक्तिहरुले जम्मदिनको अवसर पारेर रकम जम्मा गर्दै आएका छन् ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ भाद्र १२

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ भाद्र १२

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ भाद्र १२

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP