२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

कैलालीको त्रिनगर नाकामा निगरानी कक्ष

धनगढी– कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा बुधबार निगरानी कक्ष स्थापना गरिएको छ। धनगढी उपमहानगरपालिकाले आवश्यक शय्या ,स्वास्थ्यकर्मी र औषधिसहितको निगरानी कक्ष स्थापना गरेको हो।

‘अहिले ३ वटा शय्या राखेका छौँ’, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘आवश्यकता अनुसार शैय्याहरु थप गर्ने व्यवस्था मिलाएका छौँ।’

निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने व्यवस्था गरिएको उल्लेख गर्दै नगरप्रमुख वडले भने, ‘चेकजाँच गर्ने उपकरण र उपलब्ध औषधिहरु पनि राखेका छौँ।’

निगरानी कक्षको अगाडि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको नगरप्रमुख वडले बताए। बिरामीलाई आवश्यक पर्न सक्ने शाैचालय खानेपानीको व्यवस्था पनि मिलाइएको छ।

‘निगरानी कक्ष नेपाल–भारत सीमानाका त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ’, नगरप्रमुख वडले भने, ‘त्यही ठाउँबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान सजिलो हुनेछ।’

त्यसैगरी धनगढी उपमहानगरपालिकाले फागुन २४ गतेदेखि नै भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रिनेहरुको चेकजाँच गरिरहेको छ।

कोरोना भाइरस सतर्कता अन्तर्गत नै धनगढी उपमहानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।

बैठकले धनगढी बजारका मुख्य चौकहरु, बसपार्कमा प्लाष्टिक पानी ट्यांकीहरु राखेर हिडडुल गर्नेहरुका लागि हातधुने व्यवस्था मिलाउने, कोरोनाबाट बच्न सकिने विषयमा प्रचारप्रसार गर्ने, बजारमा हुन सक्ने कालाबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसइई परीक्षा केन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ।

Related News

यी हुन् सहकारी ठगीमा फरार २९ जना
यी हुन् सहकारी ठगीमा फरार २९ जना
  • २०७६ चैत्र ६

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP