धनगढी– धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक समिक्षा तथा चालु आर्थिक बर्षको कार्ययोजना निर्माण गर्न थालेको छ ।
बुधवार बार्षिक समिक्षा सुरु गरेको छ । त्यसपछि स्वास्थ्य शाखाको बार्षिक कार्ययोजना बनाउने बताईएको छ । ‘समिक्षालाई गल्ती कोट्याउने भन्दा पनि भोलिको दिनमा मार्ग निर्देशन दिने रुपमा बुझ्नुपर्छ’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, त्यसैले गहन रुपमा छलफल गरेर कार्ययोजना बनाउन आग्रह गर्दछु । गएको आर्थिक बर्षमा स्वास्थ्य शाखाले राखेको लक्ष्य प्राप्त गर्न सक्यो कि सकेन, सकेन भने किन सकेन ? सबै बिषयमा छलफल गर्नुहोस उप–प्रमुख भट्टले भनिन्, सबै कुरामा मसिनो छलफल पछि बार्षिक क्यालेन्डर बनाएर अगाडी बढ्नुहोस ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले पनि क्यालेन्डर बनाएर काम गरे मात्रै लक्ष्य भेटाउने बताए । सबै महाशाखालाई समिक्षा सहित कार्ययोजना बनाउन आफुले निर्देशन दिईसकेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले स्वास्थ्य शाखाका काँधमा कोरोना महामारीका साथै र नियमित कार्यक्रमहरुलाई संगसंगै लैजानुपर्ने जिम्मेवारी आएको बताए । उनले भने, त्यसैले अहिले देखि नै योजना बनाएर काम गर्नुपर्छ । स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायले कोरोना माहामारीमा खटिने सबैलाई धन्यवाद दिए ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...