२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

युवा नेतृत्व बिकास मञ्चको अध्यक्षमा कठायत चयन

गणेश मौनी

डोटी- बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च डोटीको अध्यक्षमा रधु बहादुर कठायतलाई चयन गरेको छ ।
लोकतन्त्रमा विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भबिश्य खोज्ने, लोकतन्त्रमा सम्मुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं ब्यक्तित्व बिकास गर्ने साझा चौतारीको रुपमा देशभर सांगठनीक सञ्जाल बिस्तारमा लागेको बिपी कोइराला युवा नेतृत्व बिकास मञ्चले डोटीको अध्यक्षमा गैरसरकारी संस्था महासंघका अध्यक्ष समेत रहेका कठायतलाई चयन गरेको हो ।
आफ्नो उद्देश्य प्रान्तीका लागि मुलुकभरका युवा जमातलाई एकिकृत गरी समाजपरिवर्तको दिशामा शसक्त रुपमा अघी बढ्ने केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले बताए । उनले पहिलो चरणमा मुलुकभर शाखा बिस्तार संगै अघी बढीरहेको समेत जानकारी गराए ।
लोकतन्त्र प्रति आस्थावान, लोकतन्त्रमा भविश्य खोज्ने जिम्मेबार युवाहरुलाई समेटी निकट भबिश्यमा जिल्ला कार्यसमितिलाई पूर्णता दिने जिल्ला अध्यक्ष कठायतले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ श्रावण २६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP