२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

दाउरा बटुल्न जाँदा नदीमा थुनिएका डोटीका एकजनाको उद्धार

डोटी – सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ वर्र्षिय कबि बलायर दिउँसो साढे चारबजेतिर बीचनदीमा थुनिएका थिए ।
उनलाई सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वार्टर दिपायल डोटीबाट सशस्त्र प्रहरी निरीक्षक केशबराज अवस्थीको नेतृत्वमा गएको टोलीले साँझ करिब साढे छ बजे उद्धार गरेको हो ।
टोलीमा नौजना सशस्त्र प्रहरीको टोली परिचालन भएर गएको सशस्त्र प्रहरी नायक निरीक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ श्रावण २६

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP