२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

तीन दिन देखि सेतीमा बेपत्ता बालक अझै फेला परेनन्

डोटी- पौडी खेल्ने क्रममा तीन दिन अघि सेती नदीमा बगेर बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् । आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन बुधबार बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेका अनुसार गाउँ नजिकैको सेती नदीमा बगेर बालक बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको छ ।

डोटी जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ । वर्षातको समयमा सेती नदीमा पानीको बहाव बढ्ने भएको र सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ श्रावण २३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP