२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

फाईल तस्विर

धनगढी – बैतडीमा पहिरोमा परि आमा छोराको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालीका मठैराजमा घरमाथिबाट पहिरो खस्दा आमा छोराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दका अनुसार आनसिह बोहोराको घर पुरिँदा उनकी ४० वर्षीया श्रीमती पशुपति बोहोरा र १२ वर्षीय छोरा रितोश बोहोराको घरभित्रै च्यापिएको मृत्यृ भएको हो।

बिहीबार राति देखि परेको अविरल वर्षासँगै राति १ बजे तिर आएको पहिरोले घर पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ।

धामीगाउँबाट खटिएको प्रहरी र स्थानीयले दुवैको शव निकालेको र थप घटनाको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ श्रावण २३

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP