२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

झाँक्री हेराउन गएका डोटीका युवक नौं दिन देखि वेपत्ता

चक्र बलायर
डोटी- डोटीका एक युवक ९ दिन देखि वेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका वडा नं. ११ सिमारका ३५ वर्षिय नवराज बलायर असार १५ गते देखि वेपत्ता छन् ।

आफन्तका अनुसार घरबाट आमासँगै गाउँकै झाँक्रीको घरमा हेराउन गएका नवराज त्यहाँबाट भागेर सती नदी किनार तीर भागेका थिए । घर परिवारले कतै आफन्तको घरमा गएको होला भनि सो दिन खोजि गरेका थिएनन् । घरबाट गएको लामो समय बितिसके पछि नजिकका आफन्तलाई सोध्दा समेत नभेटिएपछि परिवारले निजको खोजि गरिदिन आग्रह गरेका छन् ।

आफ्नो तर्फबाट खोजिकार्य भैरहेको र खोजिका लागि प्रहरीलाई समेत जानकारी दिएको वडाध्यक्ष भिष्म बलायरले शिखर समाचारसँग बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ असार २४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP