२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयमा पत्रकार माथि हातपात

धनगढी– सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पत्रकारमाथि हातपात गरिएको छ।

आईतबार दिउँसो रिर्पोटिङका लागि कृषि मन्त्रालय पुगेका दिनेश खबरका वरिष्ठ संवाददाता कमल सावदमाथि  पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर हेमराज अवस्थीको कार्यकक्षमै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले दुव्र्यवहार गर्दै हातपात गरेका हुन्।

कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै बुवाछोराले सावदमाथि दुव्र्यवहार र हातपात गर्दै कुटपिट प्रयास गरेका हुन्।

‘म मन्त्रालयमै भएका बेला भेटौँ भनेर फोन गरेका थिए।  मैले उतै आउनुहोस् भनेर बोलाएको थिए।’  पत्रकार सावदले भने, ‘समाचार लेखेर मेरो बदनाम गरेको भन्दै कर्मचारीकै सामू म माथि हातपात गरी कुटपिट प्रयास गरे। तर उहाँहरुले छुट्ट्याउनुभयो।’ ठक्कर देउवा कैलाली फुटबल संघका सदस्य समेत हुन्।

उनका बुवा हर्क देउवाले कृषि मन्त्रालयबाट गत वर्ष माछा पालनका लागि भन्दै एक लाख ४२ हजार ६ सय आठ रुपैँया अनुदान पाएका थिए।

शुन्य दमलव ५२ हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माणका लागि अनुदान लिएका देउवाले सम्झौता अनुसार काम नगरी भुक्तानी लिएको विषयमा दिनेश खबरमा समाचार प्रकाशित भएको थियो। 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार २१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP