२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

केआइसिंह गाउँपालिकाको क्वारेन्टिनमा आगलागी

डोटी : डोटीको केआइसिंह गाउँपालिकास्थित एक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा आगलागी भएको छ। वडा नम्वर ६ मा मा रहेको देवस्थल माध्यमिक विद्यालयमा  आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विधुत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टिमा राखिएको छ। क्वारेन्टिनमा सुरक्षाका लागि खटिएका प्रहरीले आगलागी भएको देखेपछि स्थानीयबासी, क्वारेन्टिनमा बसेका स्थानीय र प्रहरी सहितको टोलीले आगो नियन्त्रणमा लिएका छन्। 

आगलागीबाट विद्यालयको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २ थान, प्रिन्टर १, ई–हाजिरी मेशिन १ थान लगाएतका मेशिनरी सामानहरु तथा फर्निचरहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताए। त्यसैगरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तकहरु पनि जलेर नष्ट भएको उनको भनाइ छ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार १२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP