२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

क्वारेण्टाइनमा ने.वि. संघ क्षेत्रीय सभापति कठायतको जन्मदिन

डोटी । नेपाल विद्यार्थी संघ डोटीका क्षेत्रीय सभापति रोशन कठायतले आफ्नो जन्मदिन क्वारेण्टाइनमा मनाएका छन् । उनले ३३ औं जन्मदिनको अवसर पारेर क्वारेण्टाइनमा बसेकाहरुलाई मासु खाना, पनाी खुवाएका छन् ।

सभापति कठायतले दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित दिल्पेश्वर आधारभुत विद्यालयको क्वारेण्टाइनमा बसेका ४० जनाका लागि खानाको व्यवस्था गरेका हुन् ।

जन्मदिनमा गरिने खर्च कटौती गरेर भारतबाट आई क्वारेण्टाइनमा बसेका दाजुभाईका लागि खानाको व्यवस्था गरेको कठायतले बताए । क्वारेण्टाईन वयवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका लागि सधैं खटिने बताए ।

वडाध्यक्ष राजेन्द्र खड्काले जन्मदिनमा क्वारेण्टाइनमा बसेकालाई खाना खुवाएर स्थानीय सरकारको सारथी भएको भन्दै कठायतलाई धन्यबाद ज्ञापन गरे । कठायतले यस अघि पनि भारतबाट आउने नागरिकको उद्धार गर्ने कार्य देखि लिएर क्वारेण्टाइन व्यवस्थापनमा समेत सहयोग गरेको खड्काले बताए ।

क्वारेण्टाइनमा मनाइएको जन्म दिनमा सभापती कठायतका परिवार, नेपाली काँग्रेसका नेता, वडावासीको सहभागिता रहेको थियो ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ असार ७

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP