२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

कोरोना संक्रमित बढेपछि सुदूरपश्‍चिमका स्थानीय तहमा लकडाउनमा कडाइ

फाइल फोटो

धनगढी-सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि केही स्थानीय तहले लकडाउनमा कडाइ गरेका छन्। सरकारले खुकुलो गरेको लकडाउनले काम नगरेका भन्दै सुदूरपश्चिमका स्थानीय तहहरुले फेरि आफ्नो क्षेत्रभित्र लकडाउन गर्न थालेका छन्।

कोरोना संक्रमितको संख्या बढेका स्थानीय तहहरुले सूचना जारी गर्दै पुन बन्द गरिदिन आग्रह गरिरहेका छन्।सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा हालसम्म १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि बजार सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको हो। बिहीबार एकै दिन ५८ जनामा कोरोना देखिएको डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले आफनो गाँउपालिकालाई नै सिल गरेको छ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिए।

यस्तै कैलालीको गोदावरी नगरपालिकाले पनि एक सूचना जारी गर्दै आफनो नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएको र एक जना संक्रमितको पनि मृत्यु भएकोले अर्को सूचना जारी नहुँदासम्म नगरपालिका लगायत अत्तरिया बजार पूर्ण रुपमा बन्द गरी बजार क्षेत्रमा भिडभाड नगरिदिन अपिल गरेको छ । गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगको छ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए। उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए।

गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको भने मृत्यु भईसकेको छ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार बेलुका सम्म संक्रमितको संख्या सात सय ८५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय दुई, डडेल्धुरामा एक सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ असार ६

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ असार ६

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ असार ६

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP