डोटी- ‘ गाउँ मै खोजौं रोजगारी, बिकासमा बनौ साझेदारी’ भन्ने नाराका साथ के आई सिंह गाउँपालिकाको ७ औं गाउँसभाले नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । गाउँपालिकाले परम्परागत योजना र प्रशासनीक खर्चमा कटौती गर्दै यस बर्ष नया“ नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिका उपाध्यक्ष मिना बिष्टले आर्थिक बर्ष ०७७÷०७८ लाई रोजगारीको इतिहास कोर्ने आधार बर्षका रुपमा लिदै ‘के आई सिंह स्वरोजगार कार्यक्रम’ लागु गरिने बताइन् । ‘लघु उधम र कृषि मुख्य आधार, के.आई.सिंहको प्राथमिकता स्वरोजगार’ भन्ने मर्मको आत्मसाथ गर्दै एक वडा एक लघु उद्यम स्थापना गर्ने नया“ कार्यक्रम ल्याएको उपाध्यक्ष बिष्टले जानकारी दिइन् । कोभिड १९ का कारण भारत तथा तेस्रो मुलुकबाट फर्किएका युवाहरुलाई स्वरोजगारको बाताबरण सृजना गर्न गाउ“पालिका तहमा रोजगार केन्द्रको स्थापना गर्ने तथा बेरोजगार युवाहरुलाई सुचिकृत गरि लगानीमा साझेदारी तथा कर्जामा सहुलियत , उपकरणमा अनुदान दिई रोजगारीको सृजना गर्ने जस्ता महत्वकांक्षि योजनाहरु अघि सारेको छ । ‘सुचीकृत युवाहरुलाई बाझो जमिनमा खेती गर्न प्रोत्साहन गरिनेछ’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष बिष्टले भनिन्,‘मलखाद्य, बिउबिजन र सिचाईमा शतप्रतिशत अनुदान दिइनेछ ।’
केआईसिंह गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । उनले बिगत भन्दा नीति तथा कार्यक्रम नया“ ल्याइएकोे बताए । भारतबाट अलपत्र परेका नेपालीहरुलाई सिमामै पुगेर उद्धार गर्ने पहिलो गाउपालिका रहेको उल्लेख गर्दै गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीले हरेक बु“दा बु“दामा रोजगारी सृजना गर्न सकिने योजनालाई मात्र नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताए ।
गाउँमा भोकमरी हुन सक्ने कुराको पूर्वानुमान गर्दै गाउपालिकाले तत्काल उत्पादन हुने नगदे बाली आर्थिक बर्ष सुरु भएको ३ महिनाभित्र कार्यान्वयन हुने निती तथा कार्यक्रममा छ । जस्मा युवाहरुलाई बिउ, मलखाद्य र सिचाईमा शतप्रतिशत अनुदान दिने, बिपन्न तथा सुकुम्बासी भूमीहीनलाई सामुहिक खेतीमा अनुदान दिने उल्लेख छ ।
गाउँपालिकाले १५ शैइयाको अस्पतालका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुका साथै आइसोलेसन बेड सहितको संरचना बनाउने उल्लेख गरेको छ । गाउपालिका भित्रका स्वास्थ्य संस्थाको स्तरोन्नती संगै कोरोना प्रतिकार्य स्वास्थ्य सामाग्रीहरुको समेत बन्दोबस्तीमा लगानी गर्ने बताइएको छ ।
सुदूरपश्चिममा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गर्ने के आई सिंह पहिलो स्थानिय तह हो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...