२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

प्रवासीको उद्धारमा खटिएकालाई क्वारेण्टाइनमा बसेकाको सम्मान

डोटी — भारतमा अलपत्र परेकाको उद्धारमा खटिएकाहरुलाई क्वारेन्टाइनमा सम्मान गरिएको छ । केआईसिंह गाउँपालिका ७ स्थित कलारे आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले बिहीबार घर जानुअघि आफुहरुलाई भारतबाट उद्धार गर्ने जनप्रतिनिधि, कर्मचार र अन्य ब्यक्तिहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही, वडाध्यक्ष हर्क विष्ट, स्वास्थ्य संयोजक तिलबहादुर बोहरा नेपाली काँग्रसेस जिल्ला सदस्य जीत खड्का, तरुण दल जिल्ला अध्यक्ष नारायण बलायर, नेविसंघ नेता भरत बम र श्यामराज ओझा, पत्रकार मोहन शाही लगायतलाई दोसल्ला र अबिरमाला पहि¥याएर सम्मान गरेका हुन् ।

वडाध्यक्ष बिष्टको अध्यक्षतामा गरिएको सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शाही प्रमुख अतिथिे थियो भने नेपाली काँग्रेसका नेता खड्का बिशिष्ट अतिथि रहेका थिए ।

उनीहरुलाई भारतका विभिन्न सहरमा अलपत्र परेकाबेला केआईसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुले काँग्रस नेता, तरुण दल नेता, नेवि संघ नेता, कर्मचारी र पत्रकारहरु संगको सहकार्यमा भारतको पलियाबाट उद्धार गरी ल्याएका थिए ।

‘सबैभन्दा पहिले केआईसिंह गाउँपालिका नै हो जसले सुदूरपश्चिम गाउँवासीलाई सीमामै पुगी उद्धार गरेर ल्याएको थियो’, १८ औं दिनमा घर जान पाएपछि खुसी ब्यक्त गर्दै बिहीबार वीरबहादुर बेलालले भने, ‘दिनरात नभनी क्वारेन्टाइनमा हाम्रो व्यवस्था गर्न पनि खटिनुभयो, हामी हृदयबाटै खुसी भएर उहाँहरुको सम्मान गरिरहेका हौं ।’

उक्त क्वारेन्टाइनबाट बिहीबार ६७ जना घर फर्केका थिए । उनीहरुको जेठ १९ गते नमुनाका रुपमा परीक्षण गरिएको पीसीआर र सबैको आरडीटीको नतिजा नेगेटिभ आएपछि गाउँपालिकाले १८ औं दिनमा क्वारेन्टाइनबाट घर पठाएको हो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य जीत खड्काले गाउँपालिकाले गरिरहेको लोकप्रिय कामको प्रसंसा गर्दै आफ्ना नागरिकको उद्धार तथा स्वास्थ्यको बिशेष ख्याल गरिरहेको बताए । नेपाली काँग्रस महामारी नियनत्रणका समयमा सरकारको प्रतिपक्षी नभै सहयोगी बनेर काम गरिरहेको अवस्थामा नेपालीहरुको उद्धार, स्वास्थ्य परिक्षण, कोरोना भाइरस नियनन्त्रण तथा रोकथामका लागि खटिराखेको बताए । उनले प्रतिपक्षले निभाएको सहयोगी भुमिकाको फाइदा उठाउदै सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको र महामारीको मौका छोप्दै करौंको भ्रष्टाचार गरिरहेको आरोप लगाए । नेता खड्काले संकटको बेला प्रदेश सरकारको लाचिरीपन प्रष्ट भैसकेकाले जनताप्रती कम्युनिष्ट सरकार उत्तरदायी नभएको प्रमाणित भैसकेको बताए ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले अलपत्र परेका जनताको उद्धार गर्नु जनप्रतिनिधिहरुको दायित्व भएको बताए । आफूहरुलाई गरेको सम्मानले लामो समयदेखिको तनाव र थकाई हराएको भन्दै अध्यक्ष शाहीले खुसी व्यक्त गरे । केआईसिंह गाउँपालिकामा अहिलेसम्म १ हजार ५०२ जना भारतबाट फर्किएका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP