२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।

संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ ।
शिक्षा मन्त्रालयले बुधबार दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ ।

यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूको नाम बुधबार मन्त्रालयले वेभसाइटमा सार्वजनिक गर्दै पुरस्कार घोषणा गर्ने जनाएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र भने अर्को मितिमा वितरण गरिनेछ ।  संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन्।

विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८)कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भएको थियो ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP