धनगढी रंगशाला क्वारेन्टाइनमा राखिका व्यक्तिहरुको विजोग छ । बैशाखको चर्को गर्मीमा बासी खाना खुवाउने गरेको उनीहरुले गुनासो गरेका छन् ।
नेपालगञ्जबाट मालसामान ल्याईरहेका बेला ट्रक सहित उनीहरुलाई धनगढी रंगशालाको क्वारेन्टाइनमा राखेको हो । ‘चर्को गर्मी छ, एक बोत्तल पानी पनि छैन्’ क्वारेन्टाइनमा बसेका व्यक्तिले भने । ‘रिपोर्ट आएपछि घर पठाउने भनेको छ । आफुले ल्याएको सामान पनि अलपत्र कता फालेको थाह छैन् । खाना पनि सफा छैन ।’ ३ दिन देखि क्वारेन्टाइनमा आफु सहित १७ जना बसेको उनले जानकारी दिए ।
क्वारेन्टाईनमा खाना, पानी समयमा दिने नगरेको र दिनभरीमा एक बोतल पानी मात्रै पाएको क्वारेन्टाईनमा बसीरहेकाहरुको गुनासो छ ।
उनका अनुसार क्वारेन्टाईनमा खुवाईने खानाका कारण झाडापाखाला तथा टाउको दुख्ने समस्या समेत आईपरेको जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले रंगशालामा क्वारेन्टाइन बनाएको हो । रंगशालामा ६० वटा क्वारेन्टाइन तथा आईसोलेसन कक्ष रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले गरीब, असहाय र विपन्नलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने घोषणा गरे पनि क्वारेन्टाइनमा बसेकाहरुको विजोग छ ।
प्रदेश सरकारले प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, २ लिटर खानेतेल, ४ वटा साबुन र २ किला चिनी वितरण गरिने भएको छ ।
कोरोना भाइरस (कोभिड– १९) को महामारी फैलिएपछि प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको थियो । सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको चिकित्सकहरुले औल्याएका छन् । सुदूरपश्चिममा २ महिला र ३ पुरुष गरी ५ जना कोरोना संक्रमितहरु देखिएका छन् । तीनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...