कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला भारतसँग सिमाना जोडिएका बैतडी, डडेल्धुरा, दार्चुलाका विभिन्न नाकाबाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिदा सुदुरपश्चिममा अत्यन्त जोखिम बढेको छ ।
दैनिक जसो डडेल्धुरा र बैतडीका बिभिन्न सीमा क्षेत्रबाट सयौंको संख्यामा भारतबाट नेपाल आइरहेकाले झन् जोखिम बढेको हो ।
शनिबार राति बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रबाट ५० जना महाकाली नदी तरेर नेपाल पसेका छन् । महाकाली तरेरका मध्ये २० जना परशुराम नगरपालिकाका बासिन्दा हुन् ।
केहीदिन यता दैनिक रुपमा महाकाली नदीबाट ट्यूब र काठको साहरामा सयौं ब्यक्ति नेपाल पसिरहेका छन् । दार्चुलादेखि कञ्चनपुरसम्मका विभिन्न नाकाबन्द रहे पनि विभिन्न चोरबाटो भएर दैनिक रुपमा नेपाल भित्रिनेको संख्या बढ्दो छ ।
डडेल्धुरा, बैतडी र दार्चुलामा भारतसँग सिमाना जोडिएका क्षेत्रबाट रातिको समयमानेपाल भित्रिनेको संख्याठुलो छ । नेपाल आएकाहरु क्वारेन्टाईनमा नबसी लुकेर घरमा बस्ने गरेका छन् । जसका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना संक्रमणको जोखिम झन बढेको छ । भारतीय प्रहरीले महाकाली तर्ने नेपालीलाई सहजता गरिदिएकाले पनि यस्तो समस्या आएको परशुराम नगरपालिका नगर प्रमुख भिमबहादुर साउँदले बताए ।
डडेल्धुरा र बैतडीको सिमानाबाट नेपाल भित्रिनेमा डडेल्धुराका वासिन्दा मात्र नभई कैलाली लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका छन् ।
बैतडीको सीमा क्षेत्रबाट दैनिक नेपाल आउन थालेपछि सशस्त्र प्रहरी र जनपद प्रहरीलाई आइतबार बिहानदेखि नाका नाकामा परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
दैनिकजसो अबैध नाकाबाट लुकिछिपि नेपाल आउँने क्रम नरोकिएकाले सुदुरपश्चिममा झन् जोखिम बढ्ने देखिन्छ ।
भारतबाट कीछिपी दैनिक ठुलो संख्यामा महाकाली तर्न थालेपछि आईतबार देखि सिमा शसस्त्र प्रहरी परिचालन गरि उच्च सतकर्ता अपनाउन थालिएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका विभिन्न नाकाहरू थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । कोरोना भाइरसका बिरामी बढेसँगै डडेल्धुराका सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।
परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक दलबहादुर कुँवरको नेतृत्वमा ३० जनाको टोली खटाइएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले बताए।
उनका अनुसार ससाना नाका र चोरबाटो हुँदै भारतमा रहेका नेपालीहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै तीनवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको हो।
त्यस्तै भारतको धार्चुलाबाट पनि गएराति ४० जनाभन्दा बढि नेपाली महाकाली नदी तरेर दार्चुला आएको बताईको छ।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...